काठमाडौं। काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले सिंहदरबार वैद्यखाना सञ्चालनको जिम्मा महानगरलाई दिन सरकारसँग आग्रह गर्नुभएको छ।
आज सिंहदरबार वैद्यखानाको ३० औं वार्षिकोत्सव समारोहमा बोल्दै उहाँले सिंहदरबार वैद्यखाना सरकारले पूर्णरुपमा सञ्चालन गर्ने जिम्मेवारी लिनुपर्ने बताउनु भयो।
उहाँले बिक्री हुने कुरा घाटामा जान नसक्ने भन्दै औषधी उत्पादन बढाएर अर्थतन्त्रमा टेवा पु¥याउन सकिने भनाइ राख्नुभयो। प्रमुख साहले देश किन डुब्यो भन्ने कुराको जानकारी पाउन सिंहदरबार वैद्यखाना आएर हेर्दा स्पष्ट हुने बताउनुभयो।
सरकारी ९० प्रतिशत उद्योगहरु लिजमा दिएर बेचिने गरेको उहाँको भनाइ छ। उहाँले लिजमा दिन नसके निजी संस्थाको प्रभाव र दबाबमा आएर सरकारी उद्योगहरुलाई डुबाइने गरेको बताउनुभयो।
उहाँले ०५८–५९ सालमा यहाँको बजेट पाँच करोड बजेट पाउने सिंहदरबार वैद्यखानाको अहिलेको बजेट एक करोड पनि नरहेको बताउनुभयो।
उहाँले सरकारले ५० करोड बजेट छुट्याए पनि कम हुने ठाउँमा बजेट नै नहुनु दुःखद भएको उहाँको भनाइ छ। उहाँले आयुर्वेदिक उपचार नेपालको संस्कार र संस्कृति भएको बताउनुभयो।
सिंहदरबार वैद्यखाना र आयुर्वेदलाई जोगाउन नसके देश जोगाउन नसकिने बताउनुहुँदै प्रमुख साहले मन्त्रालयले एलोपेथिक र आयुर्वेदिक दुवैलाई बराबर हेर्ने गरेको बताउनुभयो।
उहाँले सरकारले हेरेका निकायहरु सबै डुबेको उदाहरण दिँदै मन्त्रालयले हेर्ने खृष्टिकोण सबैमा बराबरी रहेको बताउनुभयो। डुबेका उद्योगहरु उकास्न जरुरी रहेको बताउनुभयो ।