Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सीमा क्षेत्रको सुरक्षा अवस्थाबारे निरीक्षण गर्न प्रधानमन्त्री पुगे किमाथाङका

सीमा क्षेत्रको सुरक्षा अवस्थाबारे निरीक्षण गर्न प्रधानमन्त्री पुगे किमाथाङका

  • बुधवार, कार्तिक २६ २०७७

  • 1.4K
    SHARES

  • सीमा क्षेत्रको सुरक्षा अवस्थाबारे निरीक्षण गर्न प्रधानमन्त्री पुगे किमाथाङका

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली उत्तरी छिमेकी चीनसँग जोडिएको संखुवासभाको सीमा किमाथांका पुग्नुभएको छ । संखुवासभा भ्रमणमा प्रधानमन्त्री ओलीले सीमा क्षेत्रको सुरक्षा अवस्थाको निरीक्षण गर्ने, अरुण तेस्रो जलविद्युत् आयोजनाको अवलोकन गर्ने, किमाथांका भएर हुने अन्तरदेशीय व्यापारको सम्भाव्यताबारे अध्ययन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंले जानकारी दिनुभयो ।

    सेनाको हेलिकोप्टरबाट संखुवासभा जानुभएका प्रधानमन्त्री ओली आजै काठमाडौं फर्कने कार्यक्रम छ । किमाथांकामा बहालवाला प्रधानमन्त्री पहिलोपटक गएको र त्यो क्षेत्रको विकासका लागि प्रधानमन्त्री ओलीको भ्रमण महत्त्वपूर्ण रहेको बताइएको छ । गत फागुनमा दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि पहिलोपटक प्रधानमन्त्री ओली काठमाडौं उपत्यकाबाहिर निस्कनुभएको हो ।

    प्रधानमन्त्रीसहितको टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ, राष्ट्रिय सभा विधायन व्यवस्थापन समितिका सभापति परशुराममेघी गुरुङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र सङ्खुवासभाका सङ्घीय सांसद राजेन्द्र गौतम सहभागी छन् ।


    बुधवार, कार्तिक २६ २०७७११:११:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij