काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग(टिआरसी)को अध्यक्ष तथा सदस्यको नाम सिफारिस सम्बन्धी छनोट प्रक्रिया,२०८१’को मस्यौदा कात्तिक १४गतेभित्र उपलब्ध गराउन निर्देशन गरेको छ ।
आयोगको अध्यक्ष र सदस्यहरुको नियुक्तिका लागि सिफारिस गर्न गठित समितिको कात्तिक ११ गते आइतबारको निर्णयअनुसार सो निर्देशन गरेको मन्त्रालयका शाखा अधिकृत रामकृष्ण पाठकले जानकारी दिनुभयो।