Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सरकारले जनतामा आशा जगाउन सकेन : हृदयश त्रिपाठी

सरकारले जनतामा आशा जगाउन सकेन : हृदयश त्रिपाठी

  • सोमवार, कार्तिक १२ २०८१

  • 511
    SHARES

  • सरकारले जनतामा आशा जगाउन सकेन : हृदयश त्रिपाठी

    काठमाडौं। पूर्वमन्त्री हृदयश त्रिपाठीले सरकारले जनअपेक्षा अनुसार काम नसकेको बताउनु भएको छ। संसदका सबैभन्दा ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनाएको शक्तिशाली सरकार पनि डेलिभरी दिने कुरामा चुकेको बताउनु भयो ।

    यद्यपी अहिले पूर्ण रुपमा सफल भयो या असफल के भयो ? भन्ने बेला आइनसकेको बताउँदै उहाँले आम सर्वसाधरणले आशा गर्ने खालका कामहरुको थालनी नदेखिएको तर्क गर्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषी धमलासँग कुराकानी गर्दै जनता प्रगतीशिल पार्टी नेपालका अध्यक्ष समेत रहनु भएका नेता त्रिपाठीले पहिलो सय दिनमा जनतामा आशाको सञ्चार हुने गरी कामहरु गर्नुपर्ने बताउनु भयो ।

    फरक प्रसङ्गमा पूर्वमन्त्री त्रिपाठीले सरकार र विद्युत् प्राधिकरणबिचको विवाद पुरानै रहेकोले हरेक पटक सरकार परिवर्तन हुनासाथ यो विषय उठान हुने गरेको बताउनु भयो। सरकारसँग व्यवसायीहरुले यसअघी गरेका सहमतीअनुसार महसुल भुत्तानी गर्नुपर्ने उहाँको धारणा थियो ।


    सोमवार, कार्तिक १२ २०८१०८:०९:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij