Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सरकारविरुद्ध दलहरु सडक आन्दोलनमा एकजुट, कांग्रेस–एमालेलाई चुनौति दिने राणनीतिमा प्रचण्ड, लयमा फर्किने कसरतमा सरकार (खास खबर)

सरकारविरुद्ध दलहरु सडक आन्दोलनमा एकजुट, कांग्रेस–एमालेलाई चुनौति दिने राणनीतिमा प्रचण्ड, लयमा फर्किने कसरतमा सरकार (खास खबर)

  • आइतवार, कार्तिक ११ २०८१

  • 244
    SHARES

  • सरकारविरुद्ध दलहरु सडक आन्दोलनमा एकजुट, कांग्रेस–एमालेलाई चुनौति दिने राणनीतिमा प्रचण्ड, लयमा फर्किने कसरतमा सरकार  (खास खबर)

    काठमाडौं । सरकारलाई सही दिशामा जान निर्देशका निम्ति माओवादी केन्द्रलगायतका दलहरु सडक आन्दोलनमा एकजुट भएका छन् । केही समय अगाडि आफ्नै पार्टीका सभापति पक्राउ परेसँगै रास्वपा पनि सरकारविरुद्धको आन्दोलनमा छ । माओवादीलगायतका दलहरु मोर्चाबन्दी गरेरै सरकारका विरुद्ध जाने तयारीमा छन् । शनिबार माओवादी एक्लैले काठमाडौंमा प्रदर्शन र भेला गरेको छ । समाजवादी मोर्चालाई नै ब्यूत्याएर सरकारलाई घुँडा टेकाउने दाउमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड देखिनुभएको छ । हिजोकै सभामा पनि प्रचण्डले सरकारलाई सडकमा घिसार्ने दिन आउनसक्ने संकेत गर्नुभएको थियो । एमाले नेता राजन भट्टराईले सडकबाट सरकार फ्याँक्ने, बन्दुकको धम्की दिने अराजक शैली रहेको दाबी गर्नुभयो ।

    दुई ठूला दल कांग्रेस र एमालेलाई समेत चुनौति दिने राणनीतिमा प्रचण्ड छन् । आमरुपमा बढेको निराशा र असन्तुष्टिलाई क्यास गर्दै प्रचण्डले प्रतिपक्षीमा रहेका दलहरुलाई गोलबन्ध गर्ने रणनीति अख्तियार गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली अध्यादेशको लाइनमा उभिएपछि आलोचित बन्दै जानुभएको छ भने कांग्रेसले अध्यादेश रोकेको छ । पछिल्लो समय कमजोर बन्दै गएको अर्थतन्त्र, बढ्दो वैदेशिक पलायन, खेतबारी बाँझो बन्ने समस्यामा सरकार उदासीन देखिएको भन्दै आलोचना हुने गरेको छ । केही समय अगाडिको दैविक विपत्तिले पनि सरकारप्रति नागरिक आक्रोश बढेको थियो । माओवादी केन्द्रका सचिव लीलामणि पोखरेलले सरकारले आफ्नो कार्यशैली बिगार्दै गएको बताउनुभयो ।

    संविधान संशोधनको मुख्य एजेण्डा अघि सारेर बनेको गठबन्धनले जनताको पक्षमा काम गर्न जरुरी छ । अहिलेको विषम परिस्थितिमा बनेको सरकारले पनि जनचाहनालाई सम्बोधन गर्न नसके निराशा बढेर जानेछ । तत्कालीन समयमा अस्थिर बन्दै गएका प्रचण्डको विकल्पमा बनेको सरकारलाई उस्तै बन्ने छुट कदापि छैन ।



    आइतवार, कार्तिक ११ २०८१०७:२४:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij