Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सेयर बजारमा ९ अंकको गिरावट, कारोबार ४ अर्बमा सीमित

सेयर बजारमा ९ अंकको गिरावट, कारोबार ४ अर्बमा सीमित

  • आइतवार, कार्तिक ११ २०८१

  • 710
    SHARES

  • सेयर बजारमा ९ अंकको गिरावट, कारोबार ४ अर्बमा सीमित
    काठमाडौं । नेप्से परिसूचक एकल अंकले घटेर बन्द भएको छ ।  साताको पहिलो कारोबार दिन आइतबार(आज) नेप्से परिसूचक ९.१९ अंकले घटेर २६१७.९५ विन्दुमा अडिएको छ । सेन्सेटिभ इण्डेक्स ४.४५ अंकले घटेर ४६९.८० विन्दुमा पुगेको छ ।
     
    यसदिन ३२० कम्पनीको १ करोड ११ लाख ३४ हजार १७८ कित्ता ४ अर्ब ७३ करोड २४ लाख ८७ हजार ८६४ रुपैयाँमा खरिदबिक्री भए । एकल अंकले घटेको बजारमा चार कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो । 
     
    लाइफ इन्स्योरेन्स कर्पोरेसन, रिभर फल्स पावर,माइ खला हाइड्रोपावर र समृद्धि फाइनान्सको सेयर १० प्रतिशतले बढेको हो ।  कारोबार रकमका आधारमा आईसीएफस फाइनान्स शीर्षस्थानमा रह्यो । सो कम्पनीको ३२ करोड मूल्य बराबरको सेयर कारोबार भयो ।
     
    यसैगरी नेपाल एसबीआई बैंकको २१ करोडको सेयर कारोबार भयो ।  सिईडीबी हाइड्रोपावर डेभलपमेन्ट, नेपाल फाइनान्स र समृद्धि फाइनान्सको १८÷१८ करोडको सेयर कारोबार भयो । 
     
    कारोबारमा आएका कम्पनीमध्ये ९१ वटाको  मूल्य बढ्दा १४१ वटाको  घट्यो । बाँकी ११ वटाको मूल्य भने स्थिर रह्यो । आज पाँचवटा समूहको उपसूचक बढ्दा ८ वटाको घट्यो ।
     


    आइतवार, कार्तिक ११ २०८१०४:२८:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij