Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सुनको मूल्य १४ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य १४ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • आइतवार, कार्तिक ११ २०८१

  • 802
    SHARES

  • सुनको मूल्य १४ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
    काठमाडौं । नेपाली बजारमा सुनको भाउले फेरि नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज १४ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ६७ हजार ४०० कायम भएको छ।
     
    अघिल्लो कारोबार शुक्रबार प्रतितोला सुन १ लाख ६६ हजारमा कारोबार भएको थियो। सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ। आज चाँदी प्रतितोला २ हजार ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
     
    शुक्रबार चाँदी प्रतितोला २ हजार ७० रुपैयाँमा कारोबार भएको हो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव नेपाली बजारमा पर्ने गरेको छ। हाल अन्तर्राष्ट्रिय बजारमा सुन बढ्दो क्रममा छ।


    आइतवार, कार्तिक ११ २०८१०२:१५:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij