Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

भ्रष्टाचार र ठगीसम्बन्धी अनुसन्धान निष्पक्ष होस् : नारायणकाजी श्रेष्ठ

भ्रष्टाचार र ठगीसम्बन्धी अनुसन्धान निष्पक्ष होस् : नारायणकाजी श्रेष्ठ

  • शनिवार, कार्तिक १० २०८१

  • 488
    SHARES

  • भ्रष्टाचार र ठगीसम्बन्धी अनुसन्धान निष्पक्ष होस् : नारायणकाजी श्रेष्ठ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र ठगीसम्बन्धी अनुसन्धान निष्पक्ष हुनुपर्ने बताउनुभएको छ ।

    शनिबार पार्टीले काठमाडौं आयोजना गरेको खबरदारी सभामा सम्बोधन गर्दै उहाँले यस्तो घटनाको अनुसन्धान अघि बढोस् भन्ने नै आफूहरुको चाहना रहेको बताउनुभयो ।

    विपक्षी मोर्चामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका छन् ।

    वरिष्ठ उपाध्यक्ष श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको पार्टी कार्यालय भवन व्यवसायी मीनबहादुर गुरुङसँग दानमा लिएकामा पनि आपत्ति जनाउनुभयो।

    ललिता निवास प्रकरणमा कीर्ते र संगठित अपराधको मुद्दा विचाराधीन रहेको र एउटा मुद्दामा विशेष अदालतले दोषी ठहर गरिसकेको व्यक्तिलाई प्रधानमन्त्रीले सफाइ दिन नमिल्ने उहाँले बताउनुभयो।

     


    शनिवार, कार्तिक १० २०८१०५:५९:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij