Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

वर्तमान सरकारको आलोचना गर्नुपर्ने कारण नै छैनः अब्दुल खान

वर्तमान सरकारको आलोचना गर्नुपर्ने कारण नै छैनः अब्दुल खान

  • शनिवार, कार्तिक १० २०८१

  • 698
    SHARES

  • वर्तमान सरकारको आलोचना गर्नुपर्ने कारण नै छैनः अब्दुल खान

    काठमाडौं । जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले वर्तमान सरकारको आलोचना गर्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।

    काम केहि गरेन भनेर चौतर्फि टिप्पणी गर्नुभन्दा गरेका कामको सहि मूल्याङकन र केहि कमजोरीमा सुझाव दिनुपर्नेमा नेता खानले जोड दिनुभएको छ । विपक्षी दलहरुले सरकारलाई काम गर्न दिएर हेर्नुपर्ने उहाँको सुझाव रहेको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगकुरा गर्दै पूर्वमन्त्रीसमेत रहनुभएका खानले सरकारले जति गर्नुपर्ने हो त्यति नगरेको यथार्थ भए पनि गर्दै नगरेको भने नभएको स्पष्ट पार्नुभयो ।

    देशमा केहि नहुनुको दोषी वर्तमान सरकार, प्रधानमन्त्री र मन्त्रीहरु नै हुन् भन्नु पनि गलत भएको नेता खानको भनाइ छ ।

    यस्तै अर्को प्रसंगमा उहाँले पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेको पक्राउ एक अनुसन्धान भएकाले यसलाई राजनीतिक प्रतिषोध भन्नै नहुने तर्क गर्नुभएको छ । यस्तै रास्वपाका नेता कार्यकर्ताले गरेको विरोध प्रदर्शन पनि गलत भएको नेता खानको भनाइ छ ।


    शनिवार, कार्तिक १० २०८१११:०९:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij