Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

श्रममन्त्री शरतसिंह भण्डारीका सय दिन, यी हुन् उपलब्धि

श्रममन्त्री शरतसिंह भण्डारीका सय दिन, यी हुन् उपलब्धि

  • शुक्रवार, कार्तिक ९ २०८१

  • 680
    SHARES

  • श्रममन्त्री शरतसिंह भण्डारीका सय दिन, यी हुन् उपलब्धि

    काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मन्त्रालय सम्हालेको सय दिन पुरा भएको छ। मन्त्री भण्डारीले यो सय दिनमा वैदेशिक रोजगारको क्षेत्रलाई सहज र मर्यादित बनाउने काम भएको बताउनु भएको छ।

    मन्त्रालय सम्हालेका सय दिनमा भएका क्रियाकलाप र उपलब्धिहरूका विषयमा जानकारी दिन आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मन्त्री भण्डारीले वैदेशिक रोजगार क्षेत्रमा देखिएका समस्या हल गर्दै सहज र मर्यादित बनाउने काम भएको बताउनुभयो।

    दुईपक्षीय श्रम सम्झौतालाई प्राथमिकतामा राखेर काम गर्न मन्त्रालयमा द्विपक्षीय सम्झौता गर्न छुट्टै डेस्क स्थापना गरिएको, ओमानसँग पहिलो पटक द्विपक्षीय श्रम सम्झौताको काम अन्तिम चरणमा पुगेको, कोरियासँग इपिएस सिष्टमलाई नवीकरण गर्न कार्यदलले काम गरेर अन्तिम चरणमा पुराएको र युरोपमा श्रम सम्झौता विस्तार गर्ने गरी काम भइरहेको, वैदेशिक रोजगारीमा गएर मृत्यु भएकाका परिवारलाई १० लाखसम्मको राहत दिने, वैदेशिक रोजगारीमा रहेका बेला उपचारका क्रममा मृत्यु भएकालाई उपचार खर्चका साथै राहत रकम दिने काम सुरु गरेको मन्त्री भण्डारीले उल्लेख गर्नुभयो।

    यस्तै, कुनैपनि देशमा वैधानिक रूपमा काम गरिरहेका नेपालीलाई नेपाल सरकारले पनि वैधानिक बनाउनका लागि नियोगहरू मार्फत श्रम स्वीकृति लिन सक्ने व्यवस्था गरिएको, भिजिट भिसामार्फत भइरहेको दुरुपयोग रोक्नका लागि मन्त्रालयले गम्भीर भएर काम गरिरहेको, सबै स्थानीय तहबाट एकीकृत रोजगार सेवा बनाउने तयारी भएको, सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकको छोराछोरीको पनि बिमा गर्ने काम सुरु गरिएको, सबै प्रदेशमा व्यवसायीक सिप विकास प्रतिष्ठान स्थापना गर्ने तयारी भइरहेको पनि मन्त्री भण्डारीले जानकारी दिनुभएको छ ।

     


    शुक्रवार, कार्तिक ९ २०८१०७:०८:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij