Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सरकारका सय दिन सन्तोषजनक रहेको सत्तासीन दलका नेताहरुको जिकिर, सहकारी मुद्धामा पूर्वाग्रह नराखेको दाबी, दोषी नउम्किने प्रतिबद्धता(खासखबर)

सरकारका सय दिन सन्तोषजनक रहेको सत्तासीन दलका नेताहरुको जिकिर, सहकारी मुद्धामा पूर्वाग्रह नराखेको दाबी, दोषी नउम्किने प्रतिबद्धता(खासखबर)

  • बिहिवार, कार्तिक ८ २०८१

  • 579
    SHARES

  • सरकारका सय दिन सन्तोषजनक रहेको सत्तासीन दलका नेताहरुको जिकिर, सहकारी मुद्धामा पूर्वाग्रह नराखेको दाबी, दोषी नउम्किने प्रतिबद्धता(खासखबर)

    काठमाडौं। दुई ठूला राजनीतिक दल नेकपा एमाले र नेपाली कांग्रेससहित अन्य ससाना दलहरुको समर्थनमा सरकार बनेको एकसय दिन पूरा भइसकेको छ ।

    नेकपा एमालेका अध्यक्ष समेत रहनुभएका केपी शर्मा ओलीलाई कांग्रेसले प्रधानमन्त्रीका रुपमा सहयोग गरिरहेको छ। यति बलियो गठबन्धन र सत्ता सहकार्यले पनि जनतामा निराशा छाएको चर्चा हुने गर्दछ। सत्तामा जो सुकै गएपनि मुलुक सञ्चालनको प्रक्रिया धिमे गतिमा नै अगाडि बढेको पाइन्छ।

    नेपाली कांग्रेसका नेता एवं पर्यटन मन्त्री बद्री पाण्डेले सरकारले जादूको छडीनै देखाउन नसक्ने बताउँदै हालको गति सही लाइनमा चलिरहेको दाबी गर्नुभयो ।

    पछिल्लो समय सहकारी ठगीको मुद्धाले सरकारलाई चुनौति दिइरहेको छ। निष्पक्ष छानबिन गर्दा कैँयौ आफ्नै नजिकका तानिने खतरा छ भने अनुसन्धानको पाटोलाई बन्द गर्दा जनताले नमान्ने स्थिति बनेको छ ।

    रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान चलिरहेको छ । अनुसन्धानलाई निष्पक्ष बनाउनका निम्ति रास्वपाकै नेता कार्यकर्ताहरुले सहयोग गर्नुपर्ने सरकारको तर्क छ ।

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केशीले सरकारमा बसेकाहरुले मुलुक रित्तो पार्दै गएको आरोप लगाउँदै रवि प्रकरणले उनीहरुको चरित्र उदांगो पारेको टिप्पणी गर्नुभयो ।

    नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सरकारले सहकारी पीडितको समस्यालाई सम्बोधन गर्नका लागि संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनमा ल्याएको बताउनुभयो । लामिछाने मात्रै होइन आरोप लागेका सबैलाई कानूनी कठ्घरामा ल्याउनुपर्ने उहाँको तर्क रहेको छ ।

    सहकारीमा ठूलो रकम अपचलन भएको छ। यसलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्दछ। दोषीलाई हदैसम्मको कारबाही गरि पीडितको बचत फिर्ता गर्नेतर्फ सरकार अग्रसर हुन जरुरी देखिन्छ ।


    बिहिवार, कार्तिक ८ २०८१०८:०३:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij