Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

‘सरकार छानीछानी विपक्षी नेतालाई जेल हाल्दैछ’

‘सरकार छानीछानी विपक्षी नेतालाई जेल हाल्दैछ’

  • बिहिवार, कार्तिक ८ २०८१

  • 410
    SHARES

  • ‘सरकार छानीछानी विपक्षी नेतालाई जेल हाल्दैछ’
    काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रले सरकारविरुद्ध पार्टीले आयोजना गर्न लागेको खबरदारीमा सहभागी हुन अपिल गरेको छ ।
     
    खबरदारी सभाबारे जानकारी दिन बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा पार्टीको प्रदेश कमिटीले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता अग्नि सापकोटाले देशलाई प्रतिगमनबाट रोक्न र प्राप्त उपलब्धिको रक्षा गर्न पार्टीले कात्तिक १० गते काठमाडौंमा खबरदारी सभा गरेको बताउनुभयो।
     
    सरकारको क्रियाकलापले देश अप्ठेरो अवस्थामा पुगेको भन्दै उहाँले प्रतिपक्षीको हैसियतले सरकारलाई खबरदारी गर्नुपर्ने आवश्यकता महशुस भएको उल्लेख गर्नुभयो।
     
    माओवादीले अहिलेको सरकारको उदेश्य जनतालाई प्रभावकारी सेवा दिने नभई निहीत स्वार्थ समूहको हित रक्षा गर्ने कुरा प्रष्ट भएको जनाएको छ ।
     
    त्यस्तै प्रवक्ता सापकोटाले अहिलको सरकारले पक्षपातपूर्ण व्यवहार गरिरहेको र सुशासनको मामिलामा दोहोरो मापदण्ड अपनाएको आरोप लगाउनुभयो ।
     
    अहिलेको सरकारले विपक्षी दलका नेता व्यक्तिलाई छानीछानी मुद्दा हाल्ने र जेल पठाउने काम गरिरहेको उहाँको भनाइ छ ।
     
    उहाँले कांग्रेसका धनराज गुरुङ र एमालेका ऋषिकेश पोखरेल लगायतलाई प्रमाण हुँदाहुँदै पनि खुल्ला संरक्षण गरिएकोसमेत जिकिर गर्नुभयो।
     
    माओवादीले कात्तिक १० गते सुन्धराबाट प्रदर्शनसहितको र्‍याली निकालेर काठमाडौंको प्रदर्शनीमार्गमा खबरदारी सभा गर्ने जनाएको छ ।


    बिहिवार, कार्तिक ८ २०८१०३:४३:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij