Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

जीबी राईका कानूनी सल्लाहकार राष्ट्रपतिको टीममा हुनु लज्जास्पद

जीबी राईका कानूनी सल्लाहकार राष्ट्रपतिको टीममा हुनु लज्जास्पद

  • बिहिवार, कार्तिक ८ २०८१

  • 454
    SHARES

  • जीबी राईका कानूनी सल्लाहकार राष्ट्रपतिको टीममा हुनु लज्जास्पद

    काठमाडौं । सहकारी ठगी सम्बन्धी छानबिनका लागि बनेको संसदीय समितिका संयोजक सूर्य थापाले जीवी राईका कानूनी सल्लाहकार राष्ट्रपतिको सल्लाहकार पङ्क्तिमा हुनु लज्जास्पद भएको टिप्पणी गर्नुभएको छ। निजको विषयमा समितिलाई पूर्वजानकारी रहेको थापाको भनाइ छ ।

    यस विषयमा आज छानबिन समितिका संयोजक थापाले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिनुभएको थियो । छानबिन अवधिभित्रै यस्ता समाचार आएको भए आफूहरूलाई पनि सहयोग पुग्ने तर अहिले लगनपछिको पोतेझैँ भएको उहाँको टिप्पणी छ ।

    थापाले लेख्नुभएको छ, ‘सहकारी ठग जीवी राईको कानूनी सल्लाहकार रहेको व्यक्ति सम्माननीय राष्ट्रपतिको सल्लाहकार पङ्क्तिमा विराजमान देखिनु राष्ट्रकै लागि एउटा लज्जास्पद दृश्य हो ।’


    बिहिवार, कार्तिक ८ २०८१०१:४०:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij