काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई काम गर्न नदिने उद्देश्यले सरकार ढल्ने हल्ला चलाइने गरेको बताउनुभएको छ ।
‘सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि बिहानै ढल्छ भन्ने जस्तो अफवाहरु पनि फैलाउने गरिएको छ । यो काम गर्न नदिने उद्देश्यले चलाइएको हल्ला हो’, प्रधानमन्त्रीले भन्नुभएको छ ।
१०० दिनको प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले कांग्रेस र एमाले मिलेर बनेको सरकार ढल्ने सपना नदेख्न पनि आग्रह गर्नुभयो ।
‘कांग्रेस र एमाले जस्तो इतिहास र हैसियत भएको दलहरु मिलेर बनेको सरकार ढल्ने दिवा सपना कसैले नदेखे हुन्छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो।