Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री ओलीले आज सरकारका सय दिने उपलब्धि सार्वजनिक गर्दै

प्रधानमन्त्री ओलीले आज सरकारका सय दिने उपलब्धि सार्वजनिक गर्दै

  • बुधवार, कार्तिक ७ २०८१

  • 397
    SHARES

  • प्रधानमन्त्री ओलीले आज सरकारका सय दिने उपलब्धि सार्वजनिक गर्दै

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारको एक सय दिनको उपलब्धी सार्वजनिक गर्नुहुने भएको छ ।

    आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारबाट सरकारको सय दिने उपलब्धि सार्वजनिक गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

    प्रधानमन्त्री ओलीले एकसय दिनमा सरकारले गरेका कामहरुको विवरणबारेमा जानकारी गराउनुहुने र सरकारको आगामी तयारी र योजनाबारे समेत जानकारी गराउनुहुने प्रधानमन्त्रीको प्रेस संयोजक प्रकाश सिलवालले बताउनुभयो।

    नेकपा (एमाले)का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओली नेतृत्वको सरकारको मङ्गलबार सय दिन पुगेको छ। अध्यक्ष ओली नेपाली कांग्रेसको समर्थनमा २०८१ असार ३० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

     


    बुधवार, कार्तिक ७ २०८१०२:४४:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij