Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सरकारको १०० दिन चलिरहँदा जनताको प्रश्नैप्रश्न, प्रधानमन्त्री स्वयंबाट राजनीतिक अस्थिरता निम्त्याउन खोजेको चर्चा (खास खबर)

सरकारको १०० दिन चलिरहँदा जनताको प्रश्नैप्रश्न, प्रधानमन्त्री स्वयंबाट राजनीतिक अस्थिरता निम्त्याउन खोजेको चर्चा (खास खबर)

कांग्रेसले रोक्यो राजनीतिक दल सम्बन्धीको अध्यादेश
  • मंगलवार, कार्तिक ६ २०८१

  • 703
    SHARES

  • सरकारको १०० दिन चलिरहँदा जनताको प्रश्नैप्रश्न, प्रधानमन्त्री स्वयंबाट राजनीतिक अस्थिरता निम्त्याउन खोजेको चर्चा (खास खबर)
    काठमाडौं । सरकार जनउत्तरदायित्वका विषयमा गम्भीर बन्न नसकिरहेको आवाज उठिरहेका बेला हनिमुन पिरियडसम्म आइपुग्दा खासै उपलब्धि भएको देखिँदैन । अहिलेको अवस्थामा विपद् र पिरमा परेका जनताको पक्षमा काम गर्नुको साटो राजनीतिक खिचातानीमा प्रधानमन्त्री केपी शर्मा ओली स्वयं लागेको स्पष्ट देखिन्छ । राजनीतिक दलसम्बन्धीको अध्यादेश ल्याएर ससाना दलहरूलाई विभाजन गरी एमालेमा समाहित गराउने ओली रणनीतिमा कांग्रेस ब्याक भएको छ । यसले एकपटक राजनीतिमा तरंग निम्त्याउने देखिएको छ । राजनीतिक विश्लेषक शंकर तिवारीले अहिलेको अवस्थामा ओली रणनीतिलाई कांग्रेसले आत्मसात् गर्न नसक्ने बताउनुभयो । संविधानको धारा ७६ उपधारा ३ कै सरकार सञ्चालन गरिरहेका ओलीको २ का लागि मार्ग बनाउन खोज्नु मूर्खता हुने उहाँको तर्क छ । 
     
    दुई ठूला दलहरू मिलेर सरकार बनेपनि उनीहरू एकआपसमा प्रतिस्पर्धी हुन् । अवसर पाएको बेला एकले अर्कोलाई निषेध गर्ने स्वाभाविक प्रक्रिया पनि हो । कांग्रेस अरू दलको तुलनामा अघि बढी सुदृढ देखिने प्रयत्न गरिरहेको हुन्छ । अहिलेको सरकार बन्न चाहिने अङ्कगणितका बारेमा कांग्रेस अवगत देखिन्छ । यहीँ अध्यादेशका कारण एमाले र कांग्रेसमा मतभिन्नता हुने खतरा पनि उत्तिकै रहेको छ । अहिलेको अवस्थामा एमाले दल विभाजन गर्ने र सरकारलाई समस्यामा पार्ने लाइनमा नरहेको एमाले स्थायी कमिटी सदस्य राजेन्द्र गौतमको भनाइ छ । 
     
    राज्य सत्ताको शक्ति क्षणिक विषय हो । इमानदारिता प्रमुख पक्ष हो । केही समय अगाडि अदालतले नै अपदस्थ गरेका तीनै व्यक्ति प्रधानमन्त्री बन्न पुगेका छन् । शक्तिमा भएको बेला जनहितका पक्षमा काम गर्न सक्नु धर्म र सभ्यता हो । 
     
     
     


    मंगलवार, कार्तिक ६ २०८१०८:०४:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij