काठमाडौं । सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, संसदीय समितिका सभापति र सचेतकहरूको छलफल जारी छ । सभामुखको कार्यकक्ष सिंहदरबारमा उनीहरूबीच छलफल जारी छ ।
छलफलमा एमालेका एमालेका मुख्य सचेतक महेश कुमाल बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे लगायतका उपस्थित छन् । बैठकमा संसद्मा विचाराधीन विधेयक लगायतका विषयमा छलफल भइरहेको छ ।