Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

जोशीले पाए अन्तर्राष्ट्रिय टुरिजम हिरोे अवार्ड

जोशीले पाए अन्तर्राष्ट्रिय टुरिजम हिरोे अवार्ड

  • मंगलवार, कार्तिक २५ २०७७

  • 994
    SHARES

  • जोशीले पाए अन्तर्राष्ट्रिय टुरिजम हिरोे अवार्ड

    काठमाडौं । वल्र्ड टुरिजम नेटवर्कले नेपाल पर्यटन बोर्डका निवर्तमान प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा टुरिज्म रिकभरी टास्कफोर्स, नेपालका संयोजक दीपकराज जोशीलाई अन्तर्राष्ट्रिय टुरिजम हिरोे अवार्डद्वारा सम्मानित गरेको छ । पर्यटन क्षेत्रको दिगो विकास र प्रवद्र्धनका लागि जोशीले निर्वाह गरेको उल्लेखनीय भूमिका, निरन्तर क्रियाशीलता, सकारात्मक योगदान र कोराना भाइरस महामारीका कारण शिथिल बनेको पर्यटन क्षेत्रको पुनरुत्थान अभियानमा देखाएको सक्रियताका लागि सो अवार्ड प्रदान गरिएको हो बताइएको छ ।

    दक्षिण एसियाबाट उक्त अवार्ड प्राप्त गर्ने प्रथम व्यक्तिका रुपमा जोशी ‘इन्टरनेशनल हल अफ टुरिजम हिरोज’को सदस्यसमेत पाउने पहिलो नेपाली बनेका छन् । यो अवार्ड विश्वभरीबाट नामांकन दर्ता गरिएका पर्यटन क्षेत्रमा आबद्ध व्यक्तिहरुको मूल्यांकनका आधारमा उत्कृष्ट, समर्पित एवं उल्लेखनीय योगदान दिदै कृयाशील व्यक्तित्वलाई प्रदान गरिने गरेको छ ।

    अवार्ड पाउने अन्य व्यक्तिहरुमा सेशेल्सका पर्यटनमन्त्री अलेन स्ट अंगे, क्विआई ग्रुपका निर्देशक विजय पुनुसम्त, अफ्रिकन टुरिज्म बोर्डका अध्यक्ष काथबर्ट एनक्युब, जिम्बावेका पूर्वपर्यटनमन्त्री डा. वाल्टर मेक्सेम्बी, विश्व पर्यटन संगठनका निवर्तमान महासचिव डा. तालेब रिफाई, केन्याका पर्यटनसचिव नाजिब बलला र जमैकाका पर्यटनमन्त्री एडमण्ड बाटलेटजस्ता हस्ती समावेश छन् ।

    सम्मानित जोशीले आफूलाई अवार्ड प्रदान गर्ने विश्व पर्यटनका दिग्गज व्यक्तित्वहरुलाई धन्यवाद व्यक्त गर्दै यस अवार्डले आफूलाई पर्यटन विकास र पुनरुत्थानका लागि थप सक्रिय हुन प्रेरित गरेको प्रतिक्रिया दिनुभएको छ ।


    मंगलवार, कार्तिक २५ २०७७०४:०४:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij