Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सेयर बजार २६३९ अंकमा झर्‍यो

सेयर बजार २६३९ अंकमा झर्‍यो

  • सोमवार, कार्तिक ५ २०८१

  • 815
    SHARES

  • सेयर बजार २६३९ अंकमा झर्‍यो

    काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ५७.९९ अंक घटेको छ ।

    सो अंकको कमीपछि नेप्से २६३९ मा कायम भएको छ । बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ८ अर्ब १८ करोडको कारोबार भएकोमा आज ५ अर्ब ९० करोडको भयो ।

    २३ कम्पनीको मूल्य बढ्दा २२१ को घट्यो । सबै क्षेत्रका सूचक घटेका छन् । फाइनान्स सबैभन्दा धेरै ३.३८ प्रतिशत घट्यो । बैंकिङ २.३०, विकास बैंक १.७८, होटल तथा पर्यटन १.६६, हाइड्रोपावर २.०५, लगानी २.५१, जीवन बीमा २.१५, उत्पादन १.६५, माइक्रोफाइनान्स १.८९, निर्जीवन बीमा १.७६, अन्य २.३४ र व्यापार समूह ०.२८ प्रतिशत घटे ।


    विन नेपाल लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको ९.८, कालिका लघुवित्तको ५.५ पिपुल्स हाइड्रोपावरको ४.८४, मानुषी लघुवित्तको ३.९९ प्रतिशत मूल्य बढ्यो ।

    ङादी ग्रुप पावरको ९.२, गुडविल फाइनान्सको ५.६, छ्याङ्दी हाइड्रोको ४.७, इस्टर्न हाइड्रोपावरको ४.७, गोर्खाज फाइनान्सको ४.६ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, ङादी ग्रुप, कुमारी बैंक, गुडविल फाइनान्स र नेपाल फाइक्ष्नान्स क्रमशः अगाडि रहे ।


    सोमवार, कार्तिक ५ २०८१०४:४३:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij