Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

छानबिनका लागि रविलाई पक्राउ गरी अनुसन्धान गरिनु स्वाभाविक : प्रचण्ड

छानबिनका लागि रविलाई पक्राउ गरी अनुसन्धान गरिनु स्वाभाविक : प्रचण्ड

  • सोमवार, कार्तिक ५ २०८१

  • 992
    SHARES

  • छानबिनका लागि रविलाई पक्राउ गरी अनुसन्धान गरिनु स्वाभाविक : प्रचण्ड

    काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदीय छानविन समितिले दिएको प्रतिवेदनअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवी लामिछानेलाई पक्राउ गरी अनुसन्धान गरिनु स्वभाविक भएको बताउनुभएको छ ।

    आज विहान नेपालगन्ज विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सो कुरा बताउनुभएको हो । प्रतिवेदनले सिफारिस गरेका अन्य दोसी भनिएकाहरुलाई पनि छानविनका लागि सरकारले पक्राउ गर्नुपर्ने उहाँको भनाइ छ ।

    वर्तमान अवस्थामा देखिएका बिभिन्न बिषयलाई समेटेर माओवादी केन्द्र लगायतका प्रतिपक्षि दलले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।

    सोमबार बेलुका प्रतिपक्षी दलले विभिन्न माग राखी प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने उहाँले स्पष्ट पार्नुभयो । लामिछानेको बारेमा अदालतले निर्णय गर्ने र लामिछाने स्वयंले अनुसन्धानमा सहयोग गर्ने प्रतिवद्धता जनाएकाले यसलाई सहज रुपमा लिनुपर्ने प्रचण्डले बताउनुभयो ।


    सोमवार, कार्तिक ५ २०८१०१:३९:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij