Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

विपक्षी दलले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

विपक्षी दलले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

  • सोमवार, कार्तिक ५ २०८१

  • 547
    SHARES

  • विपक्षी दलले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई विपक्षी दलहरूले आज ज्ञापनपत्र बुझाउने भएका छन्। उनीहरुले बाढीपहिरो प्रभावितलाई तत्काल राहत उपलब्ध गराएर अल्पकालीन र दीर्घकालीन योजनासहित पुनःस्थापना र पुनर्निर्माणमा लाग्न सरकारसँग माग गर्न लागेका हुन्।

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रसहित प्रतिपक्ष दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी,नेकपा एकीकृत समाजवादीलगायतका दलले ज्ञापनपत्र बुझाउन लागेका हुन्।प्रधानमन्त्री कार्यालयका अनुसार अपरान्ह साढे ४बजे प्रधानमन्त्रीले ज्ञापनपत्र बुझ्ने कार्यक्रम छ।

    माओवादी उपमहासचिव शक्ति बस्नेत, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र रास्वपा नेता शिशिर खनाल सम्मिलित कार्यदलले ज्ञापनपत्रको मस्यौदा तयार पारेको छ।

    विज्ञले बेलैमा सचेत गराउँदा पनि सरकारको लापरबाहीले जनधनको ठूलो क्षति भएको निष्कर्षसहित विपक्षी दलहरूले पीडितलाई तत्काल राहत उपलब्ध गराउन ज्ञापनपत्र बुझाउन लागेको कार्यदलका सदस्य एवं रास्वपा नेता खनालले बताउनु भयो।

    प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएपछि राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउने विपक्षी दलहरूको तयारी छ ।माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा गत शुक्रबार बसेको विपक्षी दलहरूको बैठकले सरकारलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो।


    सोमवार, कार्तिक ५ २०८११०:१७:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij