Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

‘सहकारी प्रकरणका दोषीलाई कानुनअनुसार कारबाही हुन्छ’

‘सहकारी प्रकरणका दोषीलाई कानुनअनुसार कारबाही हुन्छ’

  • सोमवार, कार्तिक ५ २०८१

  • 535
    SHARES

  • ‘सहकारी प्रकरणका दोषीलाई कानुनअनुसार कारबाही हुन्छ’

    काठमाडौं। नेकपा एमालेले सहकारी प्रकरणमा संलग्न सबैलाई कानुनअनुसार कारबाही हुने दाबी गरेको छ। एमाले सचिव एवं पूर्वमन्त्री पद्यमा अर्यालले सहकारी प्रकरणमा संसदीय छानबिन विषेश समितिले दिएको प्रतिवेदन अनुसार प्रहरीले अनुसन्धान गरी कानुनअनुसार कारबाही हुने बताउनु भएको हो।

    नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषी धमलासँगको कुराकानीका क्रममा उहाँले सहकारी प्रकरणमा अनुसन्धानका लागी पक्राउ परेका रास्वपा सभापति रबी लामिछाने दोषी या निर्दोश के ? भन्ने कुरा प्रहरीको अनुसन्धानपछी पुष्टी हुने बताउँदै सरकारकाथी अनावश्यक लाञ्छना लगाउनु आवश्यक नभएको तर्क गर्नुभयो ।

    यद्यपी अनुसन्धान प्रभावित पार्ने उदेश्यले पूर्वउपप्रधान एवं गृहमन्त्री रवी लामिछाने र रास्वपाले अनावश्यक भिड जम्मा गरेर सरकार र प्रधानमन्त्रीमाथी अराजनैतिक अभिव्यक्ती दिनु अलोकतान्त्रीक हुने टिप्पणी गर्नुभयो ।

    फरक प्रसङ्गगमा नेतृ अर्यालले एमालेको पार्टी कार्यालय निर्माण गर्ने क्रममा कसैले स्वतः स्फूर्त रुपले सहयोग गर्छ भने त्यसमा कुनै कसैले आपत्ती जनाउन आवश्यक नरहेको बताउनुभयो । व्यवसायी मिनबहादुर गुरुङ्गले स्वइच्छाले एमालेलाई जग्गा उपलब्ध गराएकोले यसमा कसैको केही स्वार्थ नवाझिने दावी गर्नुभयो ।


    सोमवार, कार्तिक ५ २०८१०७:०२:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij