Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images
नेकपा विवाद

अल्टिमेटमभित्र ओलीले बैठक नबोलाएपछि प्रचण्डसहित पाँच सचिवालय सदस्य छलफलमा

अल्टिमेटमभित्र ओलीले बैठक नबोलाएपछि प्रचण्डसहित पाँच सचिवालय सदस्य छलफलमा

  • मंगलवार, कार्तिक २५ २०७७

  • 1.1K
    SHARES

  • अल्टिमेटमभित्र ओलीले बैठक नबोलाएपछि प्रचण्डसहित पाँच सचिवालय सदस्य छलफलमा

    काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक नबोलाएपछि आक्रोसित बनेका बहुमत सचिवालय सदस्यहरू आज भेला हुने तयारीमा छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच ४ बजेपछि छलफल हुने बताइएको छ ।

    उनीहरूले पार्टी कार्यालय धुम्बाराहीमा भेला गर्ने तयारी गरेका छन् । प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले यसबारेमा टुंगो लागिनसकेको प्रतिक्रिया दिनुभयो । यसअघि बहुमत सचिवालय सदस्यहरूले शनिबार प्रधानमन्त्री ओलीलाई भेटेर सचिवालय बैठकका लागि पत्र बुझाएका थिए ।

    यसैबीच, आजै प्रचण्डलाई भेट्न स्थायी कमिटी सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल खुमलटार पुग्नुभएको छ । पोखरेल अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भेटवार्तामा सक्रिय रहँदै आउनुभएको छ ।

    आज विहान खुमलटार पुुग्नुभएका पोखरेलले प्रधानमन्त्री ओलीसँग सहमति गरेर बैठक बोलाउने बातावरण बनाउन प्रचण्डसँग आग्रह गर्नुभएको थियो । तर, प्रचण्डले भने सचिवालय बैठक बसेपछि मात्रै समस्या समाधानबारे छलफल हुने बताएको स्रोतले जानकारी दिएको छ ।

    अध्यक्ष प्रचण्डले नेकपाभित्र देखिएको समस्याबारे सचिवालय समितिमै छलफल गर्नुपर्ने अडान लिनुभएको छ । प्रधानमन्त्री ओलीले भने पहिले दुई अध्यक्षबीच सहमति जुटाएर एजेण्डा तय नगरी बैठक आवश्यक नरहेको धारणा राख्दै आउनुभएको छ ।


    मंगलवार, कार्तिक २५ २०७७०२:५४:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij