Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

रवि लामिछानेविरुद्धको थुनछेक बहस सकियो, ५ दिनको म्याद थप्न माग, आदेश आउन बाँकी

रवि लामिछानेविरुद्धको थुनछेक बहस सकियो, ५ दिनको म्याद थप्न माग, आदेश आउन बाँकी

  • आइतवार, कार्तिक ४ २०८१

  • 728
    SHARES

  • रवि लामिछानेविरुद्धको थुनछेक बहस सकियो, ५ दिनको म्याद थप्न माग, आदेश आउन बाँकी
    काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेका विषयमा जिल्ला अदालत पोखरामा भएको थुनछेक बहस सकिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासमा सभापति लामिछानेको बहस सकिएको हो ।
     
    गत शुक्रबार काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई आज अदालतमा उपस्थित गराइएको थियो । बयान सकिएकाले केही बेरमा उनलाई थुनामा राख्ने कि नराख्नेलगायत म्याद थपबारे आदेश आउने जनाइएको छ ।
     
    प्रहरीले रवि लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धानका सरकारी वकिलको कार्यालयमार्फत ५ दिनको म्याद थप मागेको छ ।


    आइतवार, कार्तिक ४ २०८१०४:५९:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij