Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

पोखरामा प्रदर्शन नियन्त्रण गर्न प्रहरीद्वारा बल प्रयोग

पोखरामा प्रदर्शन नियन्त्रण गर्न प्रहरीद्वारा बल प्रयोग

  • आइतवार, कार्तिक ४ २०८१

  • 377
    SHARES

  • पोखरामा प्रदर्शन नियन्त्रण गर्न प्रहरीद्वारा बल प्रयोग

    काठमाडौं। पोखरामा जारी प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइदा कास्की जिल्ला अदालत आसपासमा तनाव भएपछी प्रहरीले बल प्रयोग गरेको छ।

    रविको पक्षका बाक्लो दर्शनकारी जम्मा भएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको शहीद चोक आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ। सोही ठाउँमा प्रदर्शनकारीले जबरजस्ती गर्न खोजेपछि उत्पन्न परिस्थितिलाई समाधान गर्न प्रहरीले पानीको फोहोरा प्रहार गरेको हो।

    प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पोखरा महानगरपालिकाको चार किल्ला भित्रको क्षेत्रमा लागू हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ संशोधनसहित को दफा ६ को उपदफा ३ (क) बमोजिम बिहान पौने १२ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गर्नुभएको थियो।


    आइतवार, कार्तिक ४ २०८१०३:५६:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij