Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

रवि लामिछाने पक्राउको प्रतिरोधमा काठमाडौैं र पोखरामा रास्वपाको प्रदर्शन

रवि लामिछाने पक्राउको प्रतिरोधमा काठमाडौैं र पोखरामा रास्वपाको प्रदर्शन

  • शनिवार, कार्तिक ३ २०८१

  • 647
    SHARES

  • रवि लामिछाने पक्राउको प्रतिरोधमा काठमाडौैं र पोखरामा रास्वपाको प्रदर्शन

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सभापति रवि लामिछाने पक्राउविरुद्ध पोखरा र काठमाडौंमा आज विरोध प्रदर्शन गरेको छ। रास्वपाले आज बिहान ११ बजे पोखरा चिप्लेढुंगा र दिउँसो १ काठमाडौंमा माइतिघर मण्डलमा ‘राजनीतिक प्रतिशोधविरुद्धको ऐक्यबद्धताका लागि’ भन्दै विरोध प्रर्दशन गरेको हो ।

    सहकारी ठगीमा हिजो रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट लामिछानेलाई प्रहरीले पक्राउ गरेर पोखरा लगिएको थियो। आज बिहान ३ बजे पोखरा लगिएकोमा रातिदेखि नै रास्वपा नेता कार्यकर्ताले विरोध गरेका थिए।

    विरोध प्रदर्शनमा सम्बोधन गर्दै रास्वपाका उपसभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेलाई थुन्न पाए रास्वपा सकाइन्थ्यो भन्ने मनसाय कांग्रेस–एमालेले राखेको बताउनु भयो।

    अर्यालले रास्वपा २१ सांसदसहित सदन छिरेपछि रोक्ने षड्यन्त्र गरेकै कारणले चितवनमा दुई पटक चुनाव गर्नुपर्ने अवस्था आएको बताउनुभयो। संसदीय छानबिन समितिले सहकारीमा कुनै संलग्नता नदेखिए पनि आगामी चुनावमा आफूहरु सकिने डरको कारणले तर्सिएर दुई तिहाइ सरकारको दम्भ देखाएको बताउनुभयो।

    प्रदर्शनमा बोल्ने रास्वपाका नेताहरुले सरकारले सहकारी घोटलामा आफ्ना नेता कार्यकर्ता जोगाउन रविलाई पक्राउ गरेको आरोप लगाएका छन्।उनीहरूले धनराज गुरुङ, ऋषिकेश पोखरेललगायतलाई सरकारले जोगाउन लागेको आरोप लगाएका छन्। गुरुङ र पोखरेलको फोटोसहित उनीहरू प्रदर्शनमा उत्रिएका छन्।

    जिल्ला अदालत कास्कीले रवीसहित १४ जनाविरुद्ध हिजो पक्राउ पूर्जी जारी गरेको थियो। रविविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले संगठित अपराध र सहकारी ठगीमा मुद्दा चलाउनेछ ।

     


    शनिवार, कार्तिक ३ २०८१०३:४६:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij