Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

रवि लामिछाने पक्राउविरुद्ध पोखरामा रास्वपाको प्रदर्शन

रवि लामिछाने पक्राउविरुद्ध पोखरामा रास्वपाको प्रदर्शन

  • शनिवार, कार्तिक ३ २०८१

  • 788
    SHARES

  • रवि लामिछाने पक्राउविरुद्ध पोखरामा रास्वपाको प्रदर्शन
    काठमाडौं । पोखराको मानव अधिकार चोकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थकले प्रदर्शन गरेका छन्। पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि नेता कार्यकर्ताले राजनीतिक प्रतिशोध साँधेको भन्दै नाराबाजीसहित प्रदर्शन गरेका हुन्।
     
    सहकारी घोटलामा आफ्ना नेता कार्यकर्ता जोगाउन सरकारले रविलाई पक्राउ गरेको उनीहरूको भनाइ छ। उनीहरूले धनराज गुरुङ, ऋषिकेश पोखरेललगायतलाई सरकारले जोगाउन लागेको आरोप लगाएका छन्। गुरुङ र पोखरेलको फोटोसहित उनीहरू प्रदर्शनमा उत्रिएका थिए।
     
    शुक्रबार काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई राति नै पोखरा पुर्‍याइएको थियो। उनलाई स्वास्थ्य जाँच गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। आज शनिबार सार्वजनिक बिदा भएकोले आइतबार अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ।


    शनिवार, कार्तिक ३ २०८१०२:२१:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij