Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सहकारी ठगी आरोपमा रास्वपा सभापति रवि लामिछाने पक्राउ

सहकारी ठगी आरोपमा रास्वपा सभापति रवि लामिछाने पक्राउ

  • शुक्रवार, कार्तिक २ २०८१

  • 927
    SHARES

  • सहकारी ठगी आरोपमा रास्वपा सभापति रवि लामिछाने पक्राउ

    काठमाडौं । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.ली.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् ।

    जिल्ला अदालत, कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय, कास्कीले उनलाई पक्राउ गरेर पठाइदिन भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई अनुरोध गरेको थियो । त्यसअनुसार ब्यूरो खटिएका एक जना प्रहरी उपरीक्षक (एसपी) नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो ।

    लामिछानेलाई शुक्रबारै जिल्ला प्रहरी कार्यालय, कास्की लैजाने तयारी छ ।


    शुक्रवार, कार्तिक २ २०८१०७:०६:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij