Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

बाढी पहिरो प्रभावितका लागि स्थायी आवास निर्माण गर्न भौगर्भिक अध्ययन सुरु

बाढी पहिरो प्रभावितका लागि स्थायी आवास निर्माण गर्न भौगर्भिक अध्ययन सुरु

  • शुक्रवार, कार्तिक २ २०८१

  • 483
    SHARES

  • बाढी पहिरो प्रभावितका लागि स्थायी आवास निर्माण गर्न भौगर्भिक अध्ययन सुरु
    काठमाडौं । सरकारले हालैको बाढी पहिरो प्रभावितका लागि स्थायी आवास निर्माणका लागि भौगर्भिक अध्ययन सुरु गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठकमा गृहसचिव गोकर्णमणि दुवाडीले बाढी पहिरोबाट निकै क्षति भएका पालिकाहरूमा स्थायी आवास निर्माणका लागि भौगर्भिक अध्ययन सुरु गरिएको बताउनुभयो । 
     
    बाढी पहिरोजस्ता प्रकोपबाट जोखिममा रहेका बस्तीको पहिचान गरी विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने उहाँले बताउनुभयो । हालसम्म जोखिममा रहेका धनकुटा, लमजुङ, सङ्खुवासभा, सिन्धुपाल्चोक, ताप्लेजुङ, बझाङ, अर्घाखाँची, तनहुँ, डोटी र धादिङका ३ सय ५२ परिवारलाई स्थानान्तरण गरिएको छ ।
     
    त्यस्तै १६ वटा जोखिमयुक्त बस्तीको भौगर्भिक अध्ययन गरी पुनः स्थापनाको प्रक्रियामा रहेको र ३४ स्थानीय तहको जोखिमयुक्त बस्तीमा भौगर्भिक अध्ययन गरी प्रतिवेदन प्राप्त भएको गृहसचिव दुवाडीले बताउनुभयो । उहाँले जाजरकोट र रुकुम(पश्चिम)मा भूकम्पपछि १३ वटा पालिकामा जोखिमको प्रारम्भिक भौगर्भिक अध्ययन सम्पन्न गरी प्रतिवेदन तयार गरेको उल्लेख गर्नुभयो । 
     
    त्यस्तै प्राकृतिक विपद् जोखिम रहेका झापा, महोत्तरी, सर्लाही, सुर्खेतलगायतका स्थान गरी ४९ वटा स्थानमा स्मार्ट साइरन जडान कार्य सम्पन्न भएको दुवाडीले बताउनुभयो ।  
     


    शुक्रवार, कार्तिक २ २०८१०५:११:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij