Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

विपक्षी दलको निष्कर्षः ‘ओली सरकार असफल भैसक्यो’

विपक्षी दलको निष्कर्षः ‘ओली सरकार असफल भैसक्यो’

  • शुक्रवार, कार्तिक २ २०८१

  • 396
    SHARES

  • विपक्षी दलको निष्कर्षः  ‘ओली सरकार असफल भैसक्यो’

    काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको बर्तमान कांग्रेस एमालेको सरकार असफल भएको विपक्षी दलहरुले निष्कर्ष निकालेको छ।

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आह्वानमा आज बसेको विपक्षी दलको बैठकले ओली सरकार असफल भएको निष्कर्ष निकाल्दै सुशासनको सवालमा पनि गम्भीर ढङ्गले चुकेको ठहर गरेको सहभागी एक नेताले जानकारी दिएका छन्।

    सरकारले अध्यादेश ल्याएर विभिन्न पार्टीहरूलाई फुटाइदिने र नेताहरूलाई समेत तर्साउने नियत राखेको भन्दै यसको प्रतिवाद गर्ने निष्कर्ष निकालिएको बताइएको छ। यस्तै समसामयिक विषयमा सरकारलाई आइतबार ज्ञापनपत्र बुझाउने तय भएको समेत बताइएको छ।

    आजको बैठकमा रास्वपा, राप्रपा, एकीकृत समाजवादी र आजपाका नेताहरुको सहभागिता रहेको थियो। यस्तै बैठकमा सत्तामा रहेका लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर समेत सहभागी थिए।

     


    शुक्रवार, कार्तिक २ २०८१०४:४७:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij