Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

नेप्सेमा सामान्य अंकको सुधार, कारोबार रकम ७ अर्ब माथि

नेप्सेमा सामान्य अंकको सुधार, कारोबार रकम ७ अर्ब माथि

  • बिहिवार, कार्तिक १ २०८१

  • 593
    SHARES

  • नेप्सेमा सामान्य अंकको सुधार, कारोबार रकम ७ अर्ब माथि

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार आज नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक २.४७ अंकले बढेर २७४५.३६ विन्दुमा पुगेको छ । आज नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम भने हिजोको तुलनामा वृद्धि भएको छ । यसदिन ७ अर्ब माथिको कारोबार भएको छ । अघिल्लो कारोबार दिन हिजो ४३ अंकले बढेको सेयर बजारमा ५ अर्बमाथिको कारोबार भएको थियो ।

    यसदिन ३१६ कम्पनीको १ करोड ८८ लाख ७ हजार ४९२ कित्ता सेयर ७ अर्ब १९ करोड  २७ लाख ९२ हजार १६६ रुपैयाँमा खरिदबिक्री भए । नेप्से सामान्य अंकले बढ्दा सेयर बजारमा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन ।

    गुडविल फाइनान्सको सेयर सर्वाधिक ७.६३ प्रतिशतले बढ्दा एनआईसी एसिया सेलेक्ट फण्ड र सनराइज ब्लुचिप फण्डको सेयर ६ प्रतिशतले बढीले बढ्यो । यसैगरी समाज लघुवित्त वित्तीय संस्था र रावा इनर्जी डेभलपमेन्टको ५/५ प्रतिशतले सेयर बढ्यो ।

    ३३ करोडको सेयर कारोबार गरी कुमारी बैंक शीर्षस्थानमा रह्यो । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्टले २६ करोडको सेयर कारोबार  गर्दा हिमालयन रिइन्स्योरेन्सको २० करोड,नगदी ग्रुप र गुडविल फाइनान्सको  १८/१८ करोडको सेयर कारोबार भयो ।

    कारोबारमा आएका ८९ कम्पनीको मूल्य बढ्दा १४२ वटाको मूल्य घट्यो । बाँकी १३ कम्पनीको मूल्य भने यसदिन स्थिर रह्यो । यसदिन ७ समूहको सूचक बढ्दा अन्य ६ समूहको उपसूचक नकारात्मक देखिएका  छन् ।


    बिहिवार, कार्तिक १ २०८१०३:५९:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij