काठमाडौं । सीमा विवादका कारण नेपाल र भारतबीच विगत एक वर्षदेखि कायम रहेको‘औपचारिक संवादहीनता’लाई अन्त्य गर्न भारतीय विदेशसचिव हर्षबर्धन श्रृंगला नेपाल आउने भएका छन् ।
भ्रमणको मिति भने तय भइनसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतीय सञ्चारमाध्यमहरुले भने श्रृंगलाको नेपाल भ्रमणको मिति नै तय भइसकेको जनाएका छन् ।
भारतीय अंग्रेजी दैनिक द हिन्दुस्तान टाइम्सले श्रृंगला आगामी मंसिर ११ मा दुई दिने नेपाल भ्रमणमा आउने उल्लेख गरेको छ ।
तर, नयाँ दिल्लीस्थित नेपाली दूतावासले भने भ्रमणका सम्बन्धमा औपचारिक जानकारी नआएको बताएको छ ।
भारतीय विदेशसचिव श्रृंगलाको आसन्न नेपाल भ्रमणलाई काठमाडौंसँगको ‘इन्गेजमेन्ट’ सघन बनाउँदै जाने दिल्लीको प्रयासका रुपमा हेरिएको छ ।