Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

समाजवादी मोर्चा पुनः सक्रिय हुने प्रयत्नमा, माओवादी नेताहरुले भेटघाट बढाउँदै, मोर्चाको अर्थ नरहेको एकथरीको तर्क (खास खबर)

समाजवादी मोर्चा पुनः सक्रिय हुने प्रयत्नमा, माओवादी नेताहरुले भेटघाट बढाउँदै, मोर्चाको अर्थ नरहेको एकथरीको तर्क (खास खबर)

  • बुधवार, आश्विन ३० २०८१

  • 538
    SHARES

  • समाजवादी मोर्चा पुनः सक्रिय हुने प्रयत्नमा, माओवादी नेताहरुले भेटघाट बढाउँदै, मोर्चाको अर्थ नरहेको एकथरीको तर्क (खास खबर)

    काठमाडौं । कम्युनिष्टहरुले मोर्चाबन्दी गर्ने हेतुले निर्माण गरेको समाजवादी मोर्चा केही समय ओझेलमा परेपनि बिस्तारै यसले गतिविधि शुरु गर्ने प्रयत्न गरिरहेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपछि ओझेलमा परेको समाजवादी मोर्चा प्रचण्डकै सक्रियतामा गतिविधि बढाइँदै छ । यो बीचमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवं समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द विप्लवले केही दिनमै बैठक बोलाउने बताउनुभएको छ । पछिल्लो समयमा प्रचण्डले पनि आफ्नो राजनीतिक सक्रियता बढाउनुभएको छ । सत्ताको नजिक रहेर लामो समय काम गरेको माओवादी यतिबेला कार्यकर्ताहरुसँग घुलिन पुगेको छ । सिंगो कम्युनिष्टहरुलाई एकठाउँमा ल्याउने भन्दापनि आफ्नै दुनो सोझ्याउने प्रचण्ड प्रवृत्ति रहेको राजनीतिक विश्लेषक महेश भट्टराईको तर्क छ ।

    यता, पार्टीको केन्द्रीय कार्यालय शिवगढीमा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मासँग भएको छलफलमा पनि मोर्चालाई क्रियाशील बनाएर लैजाने विषयमा छलफल भएको विप्लवले बताउनुभएको छ । विप्लवका अनुसार केही दिनअघि एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालसँग पनि छलफल भएको थियो । मोर्चालाई प्रभावकारी बनाएर लैजाने विषयमा उहाँले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग कुराकानी गरेका गरिसकेको बताउनुभएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक हीतराज पाण्डेका अनुसार कम्युनिष्टहरुलाई गोलबन्ध गर्न मोर्चाको आवश्यकता रहेको छ ।

    प्रचण्ड नेतृत्वको सरकार ढलेपछि साउन १ गते मोर्चाको बैठक बसेको थियो । पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै भावी योजना बनाउने गरी मोर्चाको कार्यदललाई दस्ताबेज लेखनका लागि १५ दिनको समयसीमा दिएको थियो । तर माओवादी केन्द्रको लगातार बैठकका कारण अहिलेसम्म दस्ताबेज लेखन पुरा हुन सकेको छैन ।

     


    बुधवार, आश्विन ३० २०८१०८:०१:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij