Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

एमालेको पार्टी कार्यालय निर्माण गर्न व्यवसायी गुरुङले जग्गा उपलब्ध गराउँदा चर्चा, पार्टीभित्रैबाट कतिपयको विरोध, कतिपयको बचाउ( खास खबर)

एमालेको पार्टी कार्यालय निर्माण गर्न व्यवसायी गुरुङले जग्गा उपलब्ध गराउँदा चर्चा, पार्टीभित्रैबाट कतिपयको विरोध, कतिपयको बचाउ( खास खबर)

  • मंगलवार, आश्विन २९ २०८१

  • 541
    SHARES

  • एमालेको पार्टी कार्यालय निर्माण गर्न व्यवसायी गुरुङले जग्गा उपलब्ध गराउँदा चर्चा, पार्टीभित्रैबाट कतिपयको विरोध, कतिपयको बचाउ( खास खबर)

    काठमाडौं । नेकपा एमालेको पार्टी मुख्यालय बनाउनका निम्ति व्यावसायी मीनबहादुर गुरुङले कीर्तिपुर–२, मैत्रीनगरमा १० रोपनी १४ आना जग्गा उपलब्ध गराएसँगै विरोध र समर्थन उत्तिकै छ । एमालेकै स्थायी कमिटि सदस्य बिन्दा पाण्डेलगायतले यसको खुलेर विरोध जनाएका छन् । कांग्रेस सांसद रामहरि खतिवडाले यो प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओली र व्यापारी गुरुङको साख नरहेको टिप्पणी गर्नुभएको छ । करिब ५ लाख भन्दा बढी सक्रिय सदस्य रहेको नेकपा एमालेले कुनै व्यापारीबाट पार्टी कार्यालयका लागि दान लिनु अस्वभाविक रहेको धेरैको बुझाइ रहेको छ । राजनीतिक विश्लेषक प्राडा गोविन्दमानसिंह कार्कीले गुरुङ र ओलीको कदमले शंका उत्पन्न गरेको दाबी गर्नुभयो ।

    जग्गा व्यवसायीहरूका अनुसार काठमाडौंमा नयाँ घडेरी विकास भइरहेका क्षेत्रमा औसत ४० लाख रुपैयाँ प्रतिआनामा कारोबार भइरहेको छ । मैत्रीनगर क्षेत्रमा पनि ४० देखि ५० लाख प्रतिआना चलनचल्तीमा छ । ४० लाख रुपैयाँ प्रतिआनामा हिसाब गर्दा १ सय ७४ आना क्षेत्रफल रहेको यस जग्गाको मोल ६९ करोड ६० लाख रुपैयाँ हुन आउँछ । एमालेले चाहेजस्तो अत्याधुनिक भवनसमेत बनाइदिने भएपछि उनको लगानी कम्तीमा पनि डेढ अर्ब नाघ्नेछ । नेकपा एमालेका नेता विष्णु रिजालले मीनबहादुर गुरुङले स्वस्फूर्त रुपमा पार्टीलाई सहयोग गर्दा कसैलाई टाउको दुख्न जरुरी नरहेको बताउनुभयो ।

    नेपाली जनताबाट सम्मानजनक मत पाएर मुलुकको बागडोर सम्हाल्ने ठाउँमा पुगेको एमालेले व्यापारीबाट जग्गाजमिन लिएर पार्टी कार्यालय बनाउँदा भोलिका दिनमा स्वार्थ बाँझिने टिप्पणी शुरु भएको छ । एमाले केन्द्रीय कार्यालय २०८२ को दसैं अघि निर्माण सम्पन्न गरेर एमालेलाई हस्तान्तरण गरिने बताइएको छ ।



    मंगलवार, आश्विन २९ २०८१०८:०१:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij