Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

संयुक्त राष्ट्रसंघले दक्षिणी लेबनानबाट शान्ति रक्षक सैनिक नहटाउने

संयुक्त राष्ट्रसंघले दक्षिणी लेबनानबाट शान्ति रक्षक सैनिक नहटाउने

  • मंगलवार, आश्विन २९ २०८१

  • 637
    SHARES

  • संयुक्त राष्ट्रसंघले दक्षिणी लेबनानबाट शान्ति रक्षक सैनिक नहटाउने

    काठमाडौं । संयुक्त राष्ट्रसंघले दक्षिणी लेबनानबाट शान्ति रक्षक सैनिक नहटाउने बताएको छ ।

    यूएन पिसकिपिङ अपरेशन्सका प्रमुख न्या पियरे लेक्रोइक्सले न्यूयोर्कमा पत्रकारहरुसँग कुरा गर्दै युनाइटेड नेशन्स इन्टरिम फोर्स इन लेबनान (यूनिफिल)ले आफ्नो सैनिक नहटाउने बताएका हुन् । यो निर्णयप्रति राष्ट्रसंघ सुरक्षा परिषद् र मिसनमा आर्थिक सहयोग गर्ने देशहरुको समर्थन रहेको उनले बताए ।

    जबकी इजयरालले शान्ति रक्षक सैनिक हटाउन राष्ट्रसंघलाई आग्रह गर्दै आएको छ । राष्ट्रसंघ, सीमा क्षेत्रमा सुरुङ बनाउन र रकेट तथा मिसाइल जस्ता हतियार राख्ने काममा हिज्बुल्लाहलाई रोक्न असफल भएको इजरायलको आरोप छ ।

    आइतबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सैनिक हटाउन कडा चेतावनी दिएका थिए भने सोमबार आधार शिविरमा जबरजस्ती प्रवेश गरेको थियो ।


    मंगलवार, आश्विन २९ २०८१०२:५९:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij