Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

मीनबहादुर गुरूङबाट पार्टी कार्यालय बनाउने निर्णयको एमालेकी प्रभावशाली नेतृ विन्दा पाण्डेको विरोध

मीनबहादुर गुरूङबाट पार्टी कार्यालय बनाउने निर्णयको एमालेकी प्रभावशाली नेतृ विन्दा पाण्डेको विरोध

  • सोमवार, आश्विन २८ २०८१

  • 305
    SHARES

  • मीनबहादुर गुरूङबाट पार्टी कार्यालय बनाउने निर्णयको एमालेकी प्रभावशाली नेतृ विन्दा पाण्डेको विरोध

    काठमाडौं। नेकपा (एमाले) की प्रभावशाली नेतृ विन्दा पाण्डेले व्यवसायी मीनबहादुर गुरुङबाट पार्टी कार्यालय बनाउन जग्गा र सहयोग लिने कुराको विरोध गर्नुभएको छ ।


    उहाँले समय घर्किनसकेको भन्दै अझैपनि उक्त निर्णय फिर्ता लिन पार्टी नेतृत्वलाई दबाब दिनुभएकोछ । उहाँले उक्त निर्णयले साढे पाँच लाख पार्टी सदस्यको स्वाभिमानी शीर झुकाउने र २८ लाख मतदाताको अपमान गर्नै कदम भएको भन्दै आलोचना गर्नुभएको छ।

    उहाँले फेशबुकमा लेख्नुभएको छ –

    साढे पाँच लाख पार्टी सदस्यको स्वाभिमानी शिर झुकाउने र २८ लाख मतदाताको अपमान गर्ने कदम हो यो । व्यापार व्यवसाय गर्नेले पारदर्शी रुपमा कम्पनीको सामाजिक दायित्व अन्तर्गत सामाजिक काममा सहयोग गर्नु कर्तव्य नै हो ।

    तर, राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत हो । दिनेले किन र कसरी दिए उनैलाई थाहा होला । तर, स्विकार गर्नेले पार्टीको निर्णायक तहमा छलफल र निर्णय त परको कुरा जानकारी समेत नहुने गरी गरिएको यो निर्णय दिर्घकालमा आत्मघाती सावित हुनेछ ।

    समय घर्की सकेको छैन । मनमोहन र मदनहरुले उचो बनाएको पार्टीको इतिहास, वर्तमानमा वाचेका स्वाभिमानी पार्टी पंक्ति र भावी सन्ततीका लागि एमालेको गौरव जोगाउने हो भने यो गलत निर्णय सच्याउनै पर्छ । समयमै सोचौ ।


    सोमवार, आश्विन २८ २०८१०५:००:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij