Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

प्रमुख राजनीतिक दलहरुले चियापान कार्यक्रम नगर्ने

प्रमुख राजनीतिक दलहरुले चियापान कार्यक्रम नगर्ने

  • सोमवार, आश्विन २८ २०८१

  • 362
    SHARES

  • प्रमुख राजनीतिक दलहरुले चियापान कार्यक्रम नगर्ने

     

    काठमाडौं । प्रमुख राजनीतिक दलहरुले यस वर्ष दशैँ, तिहार, छठ र नेपाल संवतका अवसरमा चियापान कार्यक्रम नगर्ने भएका छन् ।

    दशैं नजिकिँदै गर्दा आएको प्राकृतिक प्रकोप बाढी, पहिरो र डुबानका कारण जनधनको क्षति भएकाले प्रमुख दलहरुले चियापान कार्यक्रम नगर्ने भएका हुन् । राजनीतिक जमघट हुने चियापान र शुभकामना आदानप्रदान कार्यक्रम यस वर्ष सबै दलले स्थगन गरेका छन् ।

    नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी, र एकीकृत समाजवादी पार्टीले बाढीपहिरो पीडितलाई थप पीडा हुने गरी औपचारिकरूपमा दशैँ शुभकामना कार्यक्रम नगर्न नेताकार्यकर्तालाई निर्देशन दिएका छन् । विगतमा भने केन्ददेखि जिल्ला तहसम्म शुभकामनाको कार्यक्रम गर्न दलहरुबीच प्रतिस्पर्धा हुने गरेको थियो ।

    राजनीतिक जमघटको रुपमा लिइने चियापान र शुभकामना आदान कार्यक्रममा सत्तापक्ष र प्रमुख प्रतिपक्षले एउटै थलोमा अन्तरक्रिया गर्ने अवसरको रुपमा दलहरुले दिँदै आएका छन् । तर यसपटक दसैंको मुखमा आएको बाढी, पहिरोमा परी सयौंको मृत्युसँगै ठूलो क्षति भएकाले दलहरुले विगतदेखि गर्दै आएको चियापान कार्यक्रम नगर्ने निर्णय गरेका हुन् ।

    ती दलले बाढी, पहिरो पीडितलाई थप पीडा हुने गरी औपचारिक रुपमा दसैं शुभकामना कार्यक्रम नगर्न समेत निर्देशन दिइसकेका छन् । विगतमा केन्द्रदेखि जिल्ला तहसम्म तामझामका साथ शुभकामना कार्यक्रम गर्न दलहरुबीच प्रतिस्पर्धा हुने गरेको थियो । यसवर्ष जिल्ला र स्थानीय तहमा त्यस्ता औपचारिक कार्यक्रम प्रायः ठप्प छन् ।


    सोमवार, आश्विन २८ २०८१०४:३७:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij