Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

नेकपा एकीकृत समाजवादी विभाजनको डिलमा,असन्तुष्ट नेताहरुले दिए विभाजनको जनाउ घण्टी, अध्यक्षलगायतको स्वेच्छाचारी प्रवृत्ति बढेको आरोप (खासखबर)

नेकपा एकीकृत समाजवादी विभाजनको डिलमा,असन्तुष्ट नेताहरुले दिए विभाजनको जनाउ घण्टी, अध्यक्षलगायतको स्वेच्छाचारी प्रवृत्ति बढेको आरोप (खासखबर)

  • मंगलवार, आश्विन २२ २०८१

  • 1.4K
    SHARES

  • नेकपा एकीकृत समाजवादी विभाजनको डिलमा,असन्तुष्ट नेताहरुले दिए विभाजनको जनाउ घण्टी, अध्यक्षलगायतको स्वेच्छाचारी प्रवृत्ति बढेको आरोप (खासखबर)

    काठमाडौं। नेकपा एकीकृत समाजवादी विभाजनको डिलमा पुगेको छ । नेताहरुको व्यवस्थापनबारे चरम असन्तुष्टि छाएसँगै विभाजनको जनाउ घण्टी बजेको हो । अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले वाचाबन्धन उल्लंघन गर्दा पार्टीभित्र चरम निराशा र विभाजनको घण्टी बजेको नेताहरूले नै बताएका छन् ।

    पार्टीका नेता डा. विजय पौडेल, जीवनराम श्रेष्ठ, हरि पराजुली, देवसिंह महत र सागर नेपाल लगायत सयभन्दा बढी नेताहरूले अध्यक्ष माधव नेपाल, उपाध्यक्षहरू प्रमेश हमाल, घनेन्द्र बस्नेत र महासचिव घनश्याम भुसाललाई ज्ञापनपत्र बुझाउँदै समस्या समाधान गर्न तत्काल केन्द्रीय समिति बैठक बोलाउन तथा पदाधिकारी र पोलिटब्युरो कमिटी खारेज गर्न माग गरेका छन्।

    नेता डा. पौडेलले पार्टीलाई विभाजन गर्नका लागि केही तत्वहरु सक्रिय रहेपनि आफूहरु जोगाउने पक्षमा उभिएको जिकिर गर्नुभयो। पार्टीको दसौँ महाधिवेशनपछि पार्टीमा व्यापक उत्साह, एकता कायम हुनुपर्नेमा त्यसको उल्टो निराशा र विभाजनका गम्भीर परिदृश्य देखा परेको भन्दै पार्टीलाई यसले सही बाटोमा लैजान नसकिने उनीहरुको निष्कर्ष रहेको छ ।

    पार्टीको महाधिवेशनपछि एकीकृत समाजवादीमा चरम गुटबन्दी छाएको छ । पार्टीभित्रका जिम्मेवार नेताहरु दल विभाजनका निम्ति लबिङमा जुटेका छन् । पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले पार्टी मिलाउनका निम्ति सामान्य समस्या आउनु स्वभाविक रहेको बताउनुभयो।

    असारमा भएको महाधिवेशनमा अध्यक्ष नेपाल, नेता खनाल र महासचिव भुसालसहित ९३ जना केन्द्रीय सदस्यहरू महाधिवेशन हलबाट सर्वसम्मत अनुमोदन भएका थिए । बाँकी २०६ जना केन्द्रीय सदस्य प्रस्ताव गर्न नेपाल, खनाल र भुसाललाई हलले सहमति प्रदान गरेको थियो।

    यसरी दिएको जिम्मेवारीमा लामो समय योगदान गरेका र योग्य भन्दा पनि शीर्ष नेता निकटलाई केन्द्रीय सदस्य बनाइएको भन्दै पार्टीमा असन्तुष्टी चुलिएको छ ।


    मंगलवार, आश्विन २२ २०८१०८:०५:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij