Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एक्लै बहुमत ल्याउन सक्ने पार्टी बनाउने गरी खट्न कांग्रेस नेता कोइरालाको निर्देशन

एक्लै बहुमत ल्याउन सक्ने पार्टी बनाउने गरी खट्न कांग्रेस नेता कोइरालाको निर्देशन

  • सोमवार, आश्विन २१ २०८१

  • 677
    SHARES

  • एक्लै बहुमत ल्याउन सक्ने पार्टी बनाउने गरी खट्न कांग्रेस नेता कोइरालाको निर्देशन

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेता कार्यकर्तालाई कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउने गरी खट्न निर्देशन दिनुभएको छ ।

    बालुवाटारस्थित सम्पर्क कार्यालयमा नेपाल दलित संघका नेताहरूसँगको भेटमा कोइरालाले आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने बताउनुभयो ।

    उहाँले कांग्रेसलाई एक्लै बहुमत ल्याउन सक्ने पार्टी बनाउनको लागि सबैले एकजुट भएर काम गर्नुपर्ने बताउनुभयो । उहाँले १५ औँ महाधिवेशनपछि कांग्रेसमा पैसा नहुनेहरूले निर्वाचनमा टिकट पाउँदैनन् भन्ने धारणा अन्त्य हुने जिकिर गर्नुभयो ।

    इमानदार र योग्यहरूले अवसर दिने नेतृत्व महाधिवेशनबाट आउने बताउनुभयो ।

    भेटमा सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्यहरू सरिता प्रसाईँ, प्रकाश स्नेही, सांसद सीता मिजारलगायत उपस्थित थिए ।

     


    सोमवार, आश्विन २१ २०८१०१:५८:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij