काठमाडौं। सरकारले सहकारी प्रकरणमा कानुनअनुसार कारबाही गर्ने नेपाली कांग्रेसका नेताहरुले दाबी गरेका छन्।
नेपाली कांग्रेसका सांसद एवं प्रतिनिधी सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरी खतिवडाले कानुन भन्दा माथी कोही पनि नरहेकोले सहकारी प्रकरणमा जतिसुकै उच्च ओहोदाको व्यक्ती भएपनि कठघरामा आउने बताउनु भएको हो ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषी धमलासँगको कुराकानीमा सभापति खतिवडाले रास्वपा सभापति लामिछानेतर्फ इङ्गित गर्दै विपदको बेलामा सबै सत्ता र प्रतिपक्षी दलहरु राहत र उद्दारमा जुटिरहेको बेला आम जनमानसमा सरकारको आलोचना गर्दै पटकपटक झुटको खेती गरिरहेको आरोप लगाउनुभयो।
पूर्व उपप्रधानमन्त्रीसमेत बनिसकेको मान्छेले विपदका बेलामा खोज उद्दारबाट भागेर दुईतिहाइको सरकारको दम्भ र औकात देखियो भन्ने गैरजिम्मेवार अभिव्यक्ती दिनु अत्यन्तै लज्जास्पद भएको तर्क गर्नुभयो।