Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

साताको पहिलो दिन आइतबार सेयर बजारका सबै सूचक बढे

साताको पहिलो दिन आइतबार सेयर बजारका सबै सूचक बढे

  • आइतवार, आश्विन २० २०८१

  • 895
    SHARES

  • साताको पहिलो दिन आइतबार  सेयर बजारका सबै सूचक बढे

    काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक ५६.०९ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २६५३ मा कायम भएको छ । सेन्सिटिभ सूचक २ प्रतिशत बढेको छ ।

    कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ६ अर्ब ७७ करोडको कारोबार भएकोमा आज ६ अर्ब १३ करोडमा सीमित भयो । कुल २१९ कम्पनीको मूल्य बढ्दा २३ को घट्यो भने २ को स्थिर रह्यो ।
    यस दिन फाइनान्स सेक्टरमा लगानीकर्ताको आकर्षण देखियो । फाइनान्स सूचक सबैभन्दा धेरै ६.३० प्रतिशत बढ्यो ।

    बैंकिङ २.२०, विकास बैंक २.२२, होटल तथा पर्यटन १.७१, हाइड्रोपावर २.७३, लगानी १.९९, जीवन बीमा १.३४, उत्पादन ३.१२, माइक्रोफाइनान्स १.४७, निर्जीवन बीमा १.४९, अन्य १.६२ र व्यापार ०.९० प्रतिशत बढे ।

    न्यादी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । मध्यभोटेकोशीको ९.७, इस्टर्न हाइड्रोपावरको ९.६, गुडविल फाइनान्सको ९.२७, सिनर्जी पावरको ८.१ प्रतिशत मूल्य बढ्यो ।

    विन नेपाल लघुवित्तको १०, स्वरोजगार लघुवित्तको ५.३, उपकार लघुवित्तको ४.४ प्रतिशत मूल्य बढ्यो । कारोबार रकमका आधारमा साहस ऊर्जा, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल फाइनान्स, गुडविल फाइनान्स र एसियन लाइफ इन्स्योरेन्स प्रमोटर सेयर क्रमशः अगाडि रहे ।


    आइतवार, आश्विन २० २०८१०४:१६:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij