एजेन्सी । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या पाँच करोड नाघेको छ । संक्रमित हुनेको संख्या पाँच करोड ८५ लाख दुई हजार ६१९ पुगेको छ ।
संक्रमणबाट १२ लाख ६३ हजार ७ सय ८१ जनाको मृत्यु भएको छ भने तीन करोड ५८ लाख ५५ हजार ८८७ जना निको भएका छन् ।
विश्वकै करिब २० प्रतिशत् संक्रमित अमेरिकामा रहेका छन् । अमेरिकामा कोरोना संक्रमितको संख्या ९९ लाख ६२ हजारभन्दा बढी पुगेको छ ।
अमेरिकामा कोरोनाबाट दुई लाख ३७ हजारभन्दा बढीको मृत्यु भएको छ भने संक्रमण पुष्टि भएकामध्ये करिब ३९ लाख निको भएका छन् ।