Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

  • सोमवार, आश्विन १४ २०८१

  • 384
    SHARES

  • प्रधानमन्त्री ओली स्वदेश फिर्ता

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमण सकेर स्वदेश आइपुग्नुभएको छ । उहाँ सोमबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो ।

    ४ असोजमा संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क जानुभएका प्रधानमन्त्री ओली आज स्वदेश फर्किनुभएको हो । प्रधानमन्त्री ओलीले असोज १० गते राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नुभएको थियो ।

    उहाँ पूर्वनिर्धारित भ्रमण तालिकाअनुसार नै आज स्वदेश आइपुग्नुभएको हो ।

    नेपालमा बाढीपहिरोले बितण्डा निकै मच्चाए पनि बेवास्ता गर्दै स्वदेश नफर्किएको भन्दै राजनीतिक वृत्तमा उहाँको निकै आलोचनासमेत भएको छ ।


    सोमवार, आश्विन १४ २०८१०४:४४:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij