Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री ओली आज स्वदेश फर्कंदै

प्रधानमन्त्री ओली आज स्वदेश फर्कंदै

  • सोमवार, आश्विन १४ २०८१

  • 461
    SHARES

  • प्रधानमन्त्री ओली आज स्वदेश फर्कंदै

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किनुहुने भएको छ । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका जानुभएका प्रधानमन्त्री ओली आज नेपाल आइपुग्नुहुने भएको छ ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार आइतबार साँझ उहाँ संयुक्त राज्य अमेरिकाको बोस्टनबाट कतारका लागि प्रस्थान गर्नुभएको छ । कतारबाट सोमबार उहाँ नेपाल आइपुग्दै हुनुहुन्छ ।

    प्रधानमन्त्री ओलीले अमेरिकामा रहँदा राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गर्नुभयो । प्रधानमन्त्री ओली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै असोज ४ गते न्युयोर्क प्रस्थान गर्नुभएको थियो ।


    सोमवार, आश्विन १४ २०८१०७:००:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij