Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

झरीपछिको बाढीपहिरोका कारण देशभर ११ सय मेगावाट विद्युत अवरुद्ध

झरीपछिको बाढीपहिरोका कारण देशभर ११ सय मेगावाट विद्युत अवरुद्ध

  • आइतवार, आश्विन १३ २०८१

  • 703
    SHARES

  • झरीपछिको बाढीपहिरोका कारण देशभर ११ सय मेगावाट विद्युत अवरुद्ध

    काठमाडौं । झरीपछि बाढीपहिरोका कारण देशभर ११ सय मेगावाट विद्युत अवरुद्ध भएको छ ।

    ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले पत्रकार सम्मेलन गर्दै अविरल बर्षाका कारण ११ सय मेगावाट विद्युत अवरुद्धसँगै साढे २ अर्ब बराबर नोक्सानीको अनुमान गरेको जनाएको छ । मन्त्रालयमा अनुसार अझै यो क्षति बढ्न सक्नेछ ।

    यस्तै सिँचाइतर्फका आयोजनामा १ अर्ब ३५ करोडको क्षति भएको छ । गत वर्ष अविरल वर्षाका कारण १० अर्बको क्षति भएको मन्त्रालयको भनाइ छ ।

    ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अनुसार विभिन्न १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।

    हाल ती आयोजनामा भएको क्षतिको विवरण सङ्कलन भइरहेको जानकारी दिँदै इप्पानले थप क्षति भएको हुनसक्ने आंकलन गरेको छ ।

     


    आइतवार, आश्विन १३ २०८१०४:२७:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij