Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

अंग्रेजलाई हराएको स्मरणमा सिन्धुलीगढीमा विजयोत्सव

अंग्रेजलाई हराएको स्मरणमा सिन्धुलीगढीमा विजयोत्सव

  • सोमवार, कार्तिक २४ २०७७

  • 778
    SHARES

  • अंग्रेजलाई हराएको स्मरणमा सिन्धुलीगढीमा विजयोत्सव

    काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिकाले आज सिन्धुलीगढीमा विजयोत्सव मनाउँदैछ । विसं १८२४ कात्तिक २४ गते नेपाली फौजले अंग्रेज फौजलाई हराएको सम्झनामा नगरपालिकाले विजयोत्सव मनाउने गरेको हो ।

    नगरपालिका प्रमुख खड्गबहादुर खत्रीले कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने अवस्थालाई मध्यनजर गर्दै सिन्धुलीगढी विजयोत्सव भव्यताका साथ नमनाइने जानकारी दिनुभयो । नेपालीहरुको गौरवको किल्ला सिन्धुलीगढीमा हरेक कात्तिक २४ गते मनाइँदै आएको विजयोत्सवलाई सामान्य ढङ्गबाट मनाइने उहाँले बताउनुभयो ।

    विगतमा भव्यरूपमा मनाइने विजयोत्सवमा यस वर्ष भने कसैलाई पनि निमन्त्रणा नगरिएको नगरपालिकाले जनाएको छ । यही अवसर पारेर आज नगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।

    सिन्धुलीगढी नेपालीहरुले अंग्रेज फौजलाई परास्त गर्दै विजय हासिल गरेको एक मात्र किल्ला भएको हुँदा यस दिन गढीमा जान चाहनेका लागि भने कसैलाई रोक नलगाइएको नगर प्रमुख खत्रीले बताउनुभयो ।

     


    सोमवार, कार्तिक २४ २०७७०२:४१:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij