Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

विपद् पीडितका लागि कांग्रेसले राहत कोषमा ५० लाख सहयोग गर्ने

विपद् पीडितका लागि कांग्रेसले राहत कोषमा ५० लाख सहयोग गर्ने

  • आइतवार, आश्विन १३ २०८१

  • 386
    SHARES

  • विपद् पीडितका लागि कांग्रेसले राहत कोषमा ५० लाख सहयोग गर्ने

    काठमाडौं। नेपाली कांग्रेसले विपद् पीडितका लागि संकलन गरिने राहत कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

    कार्यसम्पादन समितिको आज बिहान बसेको बैठकले पीडित राहत कोषमा गर्ने निर्णय गरेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो।

    राहत कोषमा रकम सहयोग गर्नका लागि सांसदहरुले १५ दिन बराबरको तलब उपलब्ध गराउने निर्णय गरिएको छ ।यसैगरि,नेपाली कांग्रेसले सय दिने विशेष अभियानलाई दशैंपछि गर्ने गरी सारेको छ ।

    ७ असोजदेखि तय भएको अभियान कोजाग्रत पूर्णिमा पछि सुरु गर्ने गरी स्थगित गरिएको हो। कांग्रेसले आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ ।


    आइतवार, आश्विन १३ २०८१०१:४४:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij