Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

अविरल वर्षाले बाढी पहिरोको वितण्डा,  ६६ जनाको मृत्यु, ३५ घाइते ७९ बेपत्ता, सरकारको तयारी फितलो (खास खबर)

अविरल वर्षाले बाढी पहिरोको वितण्डा,  ६६ जनाको मृत्यु, ३५ घाइते ७९ बेपत्ता, सरकारको तयारी फितलो (खास खबर)

  • शनिवार, आश्विन १२ २०८१

  • 502
    SHARES

  • अविरल वर्षाले बाढी पहिरोको वितण्डा,  ६६ जनाको मृत्यु, ३५ घाइते ७९ बेपत्ता, सरकारको तयारी फितलो (खास खबर)

    काठमाडौं । केही दिनअघिबाटै मौसम पूर्वानुमान महाशाखाले मुलुकभर मनसुन भित्रिने र भारी वर्षा हुने  बताएको थियो । नभन्दै शुक्रबार बिहानबाट भारी वर्षा भयो । वर्षाले धेरै जनधनको क्षति गरेको छ । मनसुनी वर्षापछि आएको विपद्मा परेर हालसम्म ६६ जनाको मृत्यु भएको छ । बाढी, पहिरो र डुबानमा परी अन्य ३५ जना घाइते भएका छन् भने ७९ जना बेपत्ता रहेका छन् । सशस्त्र प्रहरीका अनुसार काठमाडौँ उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ । काठमाडौँमा ११, भक्तपुरमा ५ र ललितपुरमा १८ जनाको मृत्यु भएको छ ।   पाँचथरमा ५, धनकुटामा २, सोलुखुम्बुमा २, सुनसरीमा १, काभ्रेमा १४, धादिङमा १, सिन्धुपाल्चोकमा ४, दोलखामा ३ जनाको मृत्यु भएको छ । प्रकोपविद् डा. दीपक विक्रम थापाले विपद्को सरकारी तयारी अझै नपुगेको बताउनुभयो । 

    बाढीपहिरोमा परेर धेरै नागरिक घाइते भएका छन् । प्रहरीका अनुसार बाढीपहिरो तथा डुबानमा परी उपत्यकामा मात्रै ३२ जनाको मृत्यु भएको छ । १२ जना बेपत्ता रहेका छन् । उपत्यकामा मात्रै बाढीमा फसेका १ हजार ५३ जनाको उद्धार गरिएको छ । उपत्यकामा बाढीले चार वटा पक्की घर भत्काएको छ भने एक हजार २ सय ४४ घर डुबानमा परेको प्रहरी प्रधान कार्यालयका एसएसपी विश्व अधिकारीले जानकारी दिनुभयो । उता, विपद् व्यवस्थापन विज्ञ सुबोध ढकालले विपद् कार्य गर्नका लागि कामको बाँडफाँट आवश्यक रहेको बताउनुभयो । 

    प्रहरीका अनुसार देशभर ४४ जिल्लामा बाढी, पहिरो, डुबान र कटानले क्षति पुर्‍याएको छ । त्यसमध्ये ३९ जिल्लाका विभिन्न सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएका छन् । केही ठाउँमा सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । वर्षा भोलिसम्म रहने भएकोले सतर्क रहन सरकारले सबैमा अपिल गरेको छ । सरकारको तयारी भने फितलो देखिएको छ । 

     


    शनिवार, आश्विन १२ २०८१०८:१७:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij