Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको साटो नेपाल मात्र लेख्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्नु’

‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको साटो नेपाल मात्र लेख्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्नु’

  • सोमवार, कार्तिक २४ २०७७

  • 1.0K
    SHARES

  • ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको साटो नेपाल मात्र लेख्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्नु’

    काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’को साटो ‘नेपाल’ मात्र लेख्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको छ ।

    देशको नाम लेख्दा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको साटो नेपाल मात्र लेख्ने मन्त्रिपरिषद्को निर्णयबारे समितिले आज परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसँग छलफल गरेको थियो ।

    छलफलका क्रममा मन्त्री ज्ञवालीले देशको नाममा कुनै विशेषण जोड्न जरुरी नभएको बताउनुभएको थियो । संघीय लोकतान्त्रिक गणतन्त्र नाम नभइ अवलम्बन गरिएको राज्य प्रणाली भएको र सरकारले नामबारे मात्र निर्णय गरेको उहाँको स्पष्टीकरण थियो ।

    तर समितिले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको साटो नेपाल मात्र लेख्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ ।

    समितिको निर्णयमा सत्तारुढ नेकपाका सांसदद्वय विजय सुब्बा र नवराज सिलवालले भने फरक मत राखेका छन् । सरकारले गणतन्त्रविरुद्ध जान खोजेको होइन भनेर स्पष्टीकरण दिइसकेकोले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनमा अवरोध नगर्नुपर्ने उनीहरुको तर्क छ ।


    सोमवार, कार्तिक २४ २०७७०२:०४:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij