Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

सर्वोच्चको न्यायाधीशमा पाण्डे र निरौला सिफारिस

सर्वोच्चको न्यायाधीशमा पाण्डे र निरौला सिफारिस

  • शुक्रवार, आश्विन ११ २०८१

  • 599
    SHARES

  • सर्वोच्चको न्यायाधीशमा पाण्डे र निरौला सिफारिस

    काठमाडौं। सर्वोच्च अदालतको न्यायधीशमा दुईजना न्यायाधीश सिफारिस गरिएको छ। न्याय परिषद्ले पाटन उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका मख्य न्यायाधीश नित्यानन्द पान्डेलाई सिफारिस गरेको हो ।

    निरौला २०७७ माघ १२ गते र पाण्डे गत मंसिर ६ गते मुख्य न्यायाधीश नियुक्त हुनु भएको थियो। मुख्य न्यायाधीशको वरीयतामा छैटौँ नम्बरमा रहनु भएका पाण्डे सर्वोच्चको न्यायाधीशका लागि सिफारिस हुनुभएको हो ।

    कन्चनपुरका पान्डे २०७० सालमा र खोटाङका निरौला २०५२ मंसिर २४ गते न्याय सेवामा प्रवेश गर्नुभएको थियो। निरौला सर्वोच्चको न्यायाधीश नियुक्त भए २०९३ माघसम्म जिम्मेवारीमा रहनुहुनेछ भने पान्डे नियुक्त भएको अवस्थामा २०८७ फागुनसम्म सर्वोच्चको न्यायाधीश रहनुहुने छ।

    सर्वोच्च अदालतमा हाल ४ जना न्यायाधीश दरबन्दी रिक्त छ। अर्को साता प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पनि अवकाशमा जाँदै हुनुहुन्छ।


    शुक्रवार, आश्विन ११ २०८१०४:१६:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij